Kathmandu Press

चन्द्र भण्डारीको भिडिओ सन्देश- म चाँडै नेपाल आएर उपचार गराउनेछु 

भिडियो सन्देशमा नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्। सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको सन्देशमा उल्लेख छ।
चन्द्र भण्डारीको भिडिओ सन्देश- म चाँडै नेपाल आएर उपचार गराउनेछु 

काठमाडौं, वैशाख १ : दुई महिनादेखि भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश दिएका छन्। 

भिडियो सन्देशमा नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्। सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको सन्देशमा उल्लेख छ।

भण्डारीले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने पनि बताएका छन्। गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भण्डारीको हाल भारतको मुम्वईमा उपचार गराइरहेको छ । 
 
प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्