Kathmandu Press

नेकपा एसले वैशाख ९ गते स्थापना दिवस मनाउने

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले काठमाडौँमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

काठमाडाैं, वैशाख १ : नेकपा एकीकृत समाजवादीले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले काठमाडौँमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय बैठकमा गरिएको हो।

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्