Kathmandu Press

मन्त्री मोदी अमेरिका प्रस्थान

संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा वैशाख ४ देखि १७ सम्म सञ्चालन हुने सो सत्रमा मन्त्री मोदीले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
मन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौं, वैशाख १ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा वैशाख ४ देखि १७ सम्म सञ्चालन हुने सो सत्रमा मन्त्री मोदीले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

सो सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तनलगायत सम्बन्धमा बृहतर छलफल हुने जनाइएको छ।

्भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरु सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमाशंकरप्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल सहभागी छन्।

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्