Kathmandu Press

नेकपा एसले अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 
नेकपा एसले अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने

काठमाडाैं, वैशाख १ : नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेको कुरालाई प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको उहाले बताए। खतिवडाले न्यौपानेले लगाएका आरोपहरु खण्डन गर्न पनि लायक नरहेको जिकिर गरे।

न्यौपानेले पेस गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाविपरीत रहेको उनको भनाइ छ । त्यस्तै सचिवालय बैठकले आगामी बैशाख ९ गते देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। 

उनले काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने र प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको बताए।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्