शीतल निवासमा विभूषण सुशोभन समारोह (तस्बिरहरू)
संविधान दिवसको अवसरमा गत असोज ३ मा घोषणा भएका विभूषणहरूमध्ये नयाँ वर्षका अवसरमा शुक्रबार गरिएकाे हाे।
काठमाडाैं, वैशाख १ : राष्ट्रपति कार्यालय महाराजगन्जमा शुक्रबार विभूषण सुशोभन समारोहकाे आयोजना गरिएकाे छ। साे समाराेहमा राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतकाे सहभागिता थियाे।
संविधान दिवसको अवसरमा गत असोज ३ मा घोषणा भएका विभूषणहरूमध्ये नयाँ वर्षका अवसरमा शुक्रबार गरिएकाे हाे। वितरण गरिएकाे पदवीम नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री गरिएको हो।
हरेक वर्ष संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभिन्न विभूषण घोषणा गरिंदै आएको छ। उनीहरूलाई विशेष समारोहमा विभूषित गरिन्छ। विभूषित हुनेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, दीपकराज गिरी, दयाहाङ राईलगायत ४५ जना कलाकार पनि छन्।












तस्बिर : प्रदीपराज वन्त

-1784896419.png)









