Kathmandu Press

जनआकांक्ष पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री गिरी

नयाँ वर्ष २०८० को शुभकामना दिँदै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको बताएका छन्।
जनआकांक्ष पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री गिरी

दाङ, वैशाख १ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र संघीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताएका छन्।

नयाँ वर्ष २०८० को शुभकामना दिँदै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको बताएका छन्। उनले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट मुलुकमा परिवर्तनको जगमा मौलिक विशेषता बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको उल्लेख गरेका छन्।

संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्। पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ अहिले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि राजधानी व्यवस्थापनको कार्यको थालनी गरिएको उनले बताए।

मुख्यमन्त्री गिरीले जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्