Kathmandu Press

नयाँ वर्षमा जारी, बुलाकी र बिहे पासले तान्लान् त दर्शक ?

नयाँ वर्षमा नेपाली फिल्मको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ।
नयाँ वर्षमा जारी, बुलाकी र बिहे पासले तान्लान् त दर्शक ?

काठमाडाैं, वैशाख १ : नयाँ वर्षको अवसरमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। आजैबाट  ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।

यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ।

Hardik ivf

नयाँ वर्षमा नेपाली फिल्मको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ।

अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन् । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा छ। कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्मामा दयाहाङसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतको पनि अभिनय छ।

प्रकाश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङसँगै प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत मूख्य भूमिकामा छन्। फिल्म बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तुमा बनेको छ।

‘निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि’, अभिनेता दयाहाङले भने।

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गरेका छन्।

 

प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्