सगरमाथामा नेपालको राष्ट्रिय झन्डासँगै नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठनको झन्डा फहराइने
सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डाका साथै नेपाल प्रहरी र अन्तराष्ट्रिय प्रहरी संगठनको झण्डा फहराईने भएको हो।
काठमाडाैं, चैत ३० : सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराइने भएको छ।
सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डाका साथै नेपाल प्रहरी र अन्तराष्ट्रिय प्रहरी संगठनको झण्डा फहराईने भएको हो।
बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले झण्डा फहराउने कार्यका लािग प्रहरी बरिष्ठ नायव निरिक्षक पुरुषोतम नेपालीलाई सगरमाथा हिमालचूली आरोहण अनुमतिका लागि लाग्ने सलामी दस्तुर छुट दिने निर्णय भएको जानकारी दिइन्।
मन्त्रीपरिषद्ले उद्योग बाणिज्य प्रवद्र्धन सम्वाद परिषद् गठन आदेश २०७५ को अनुसूचि संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
त्यस्तै बैठकले जुगल हिमश्रृखला अन्तर्गतका हिमचूलीहरु पर्वतारोहणका लािग खुल्ला गर्ने निर्णय भएको उहाले बताइन्।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकार साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्नका लागि अघि बढेको भन्दै अहिले गठबन्धन दलहरुबीच कुनै समस्या नभएको बताए। उनले सरकारप्रति खवरदारी गर्ने कुरालाई नकारात्मक रुपमा लिनुपर्ने जिकिर गरिन्। प्रवक्ता शर्माले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरका प्रमुखको अडान कानून बिपरित गरेको भन्दै जिम्मेवार व्यक्तिले कानूनविपरितका कदम चलाउन नहुने बताइन्।
उनले कसैले पनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने भन्दै समयमा नै फोहर उठाएर कानून कार्यान्वयनमा जान सुझाव दिइन्।

-1784896419.png)









