Kathmandu Press

बिस्कामा फोटो प्रदर्शनी

आजदेखि  सुरु भएको जात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। जात्राको अन्तिम दिन जिब्रो छेड्ने कार्यक्रम रहेको नगर प्रमुख श्रेष्ठले बताए।
बिस्कामा फोटो प्रदर्शनी

भक्तपुर, चैत २६ : मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गरेका छन्। 

बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा मध्यपुर पर्यटक विकास समितिद्वारा वसन्तपुरमा आज आयोजित उक्त प्रदर्शनी शुभारम्भ गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको ऐतिहासिक जात्राको रूपमा रहेको बिस्काः तथा जिब्रो छेड्ने जात्रालाई प्रवर्द्धन गर्न यस्ता प्रर्दशनी महत्वपूर्ण हुने बताए। 

'सानो भूभागमा रहेका संस्कृति तथा सम्पदाको प्रवद्र्धन गरी पर्यटकको अभिवृद्धि गर्ने उद्देश्यले पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। फोटो प्रर्दशनीले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ', उनले भने। आजदेखि  सुरु भएको जात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। जात्राको अन्तिम दिन जिब्रो छेड्ने कार्यक्रम रहेको नगर प्रमुख श्रेष्ठले बताए।

कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले नेपालका कला र संस्कृति संरक्षण गरी पर्यटक प्रवर्द्धन गर्न जरुरी भएको बताए। नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले आगामी वर्ष शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखी पालिकाले योजना तय गरिरहेको बताए।

20230413095139_RATL32051681381766.JPG

20230413095139_RATL32051681381766.JPG

20230413095313_RATL32071681381764.JPG

20230413095330_RATL32081681381764.JPG

 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्