सरकार र मिटरब्याजपीडितकाे संघर्ष समितिको वार्ता भंग
आज (बिहीबार) गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्ता भएको थियो। सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै संघर्ष समितिले भंग गरेको हो।
काठमाडाैं, चैत ३० : मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ।
आज (बिहीबार) गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्ता भएको थियो। सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै संघर्ष समितिले भंग गरेको हो। सहमति नजुटेपछि आन्दोलनलाई निरन्तरता दिने संघर्ष समितिको भनाइ छ।
संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्याएको र त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको स्पष्ट पारे। सरकारी पक्षले आफूहरूको मागप्रति बेवास्ता गरेको आरोप पनि उनले लगाए।
‘नेपाल सरकारलाई ६ बुँदे माग राखेका थियौं। राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता गर्यौं। उहाँहरू सकारात्मक हुनुभएन,’ उनले भने, ‘उक्त वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका हौं।’

-1784896419.png)









