२४ घण्टामा थपिए १०६ जना कोरोना संक्रमित
मन्त्रालयका अनुसार नयाँ थपिएकासहित सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ।
काठमाडौं, वैशाख ३० : पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित थपिएका छन्।
साे अवधिमा १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार नयाँ थपिएकासहित सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ।
बिहीबार ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किंदा संस्थागत आइसाेलेसनमा २७ जना, आइसियुमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेकाे मन्त्रालयकाे भनाइ छ।
प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









