संघीय सरकारलाई बालेनकाे चुनौतीे- सिंहदरबार सार्नुस्
उनले संघीय सरकारले काठमाडौं महानगरको हितमा काम नगरेको घुमाउरो तरिकाले आरोप लगाउँदै आज (बिहीबार) सामाजिक सञ्जालमार्फत सिंहदरबार अन्य पालिकामा सार्न चुनौती दिएका हुन्।
काठमाडौं, चैत ३० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले संघीय सरकारलाई मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अन्यत्रै सार्न चुनौती दिएका छन्।
उनले संघीय सरकारले काठमाडौं महानगरको हितमा काम नगरेको घुमाउरो तरिकाले आरोप लगाउँदै आज (बिहीबार) सामाजिक सञ्जालमार्फत सिंहदरबार अन्य पालिकामा सार्न चुनौती दिएका हुन्।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस् कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्,’ उनले फेसबुकमा लेखेका छन्।
उनले सिंहदरबार या संघीय राजधानी नै अन्यत्र सारे पनि काठमाडौंवासीलाई आपत्तिको विषय नहुनेसमेत बताएका छन्। काठमाडौंवासीलाई राजनीतिभन्दा महानगरको कला, संस्कृति, सभ्यता प्यारो रहेको बताएका छन्।
‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस्,’ उनले लेखेका छन्, ‘हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन।’
पछिल्लो समय काठमाडौं महानगर र संघीय सरकारबीच टकराव भइरहेको छ। वाग्मती किनारका सुकुमवासी बस्ती हटाउन नसघाएको भन्दै बालेनले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए।

-1784896419.png)









