Kathmandu Press

विमान चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पर्यटकको विमानस्थलमा भव्य स्वागत

आज (बिहीबार) बिहान सवा ८ बजे विमानस्थलमा आइपुगेका उनीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङलगायतले खादा माला लगाइदिएर स्वागत गरे।
विमान चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पर्यटकको विमानस्थलमा भव्य स्वागत

काठमाडौं, चैत ३० : विमान चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आज (बिहीबार) बिहान सवा ८ बजे विमानस्थलमा आइपुगेका उनीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङलगायतले खादा माला लगाइदिएर स्वागत गरे।

स्वागतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि उनीहरुको स्वागतमा विमानस्थल पुगेको बताइएको छ। सो अवसरमा पञ्चेबाजा पनि बजाइएको थियो।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणका लागि आज बिहान आइपुगेका चिनियाँ पर्यटकको संंख्या १८१ जना रहेको छ। उनीहरू हिमालय एयरलाइन्सको विमान चार्टर गरेर आएका हुन्। उनीहरुले नेपाल र चीनको झण्डा बोकेका थिए।

पहिलो लटमा १८१ जना पर्यटक आए पनि अरु ७ सय चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने तयारीमा रहेको पर्यटन विभागले जनाएको छ।

कोरोना महामारीका कारण दुई देशबीच हवाई उडान ठप्प थियो भने नाका पनि सञ्चालन हुन सकिरहेको थिएन। अहिले अवस्था केही सुध्रिएपछि चिनियाँ पर्यटकको आगमन भइरहे नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्