Kathmandu Press

निराधार समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने रविको चेतावनी

सभापति लामिछानेले बुधवार राति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । उनले आफ्नो श्रीमानको प्रगतिबाहेक केही लिनु दिनु नभएकी एक योग्य र सक्षम महिलामाथि कायरहरु खनिएका भन्दै आक्रोश पोखेका छन् । 
निराधार समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने रविको चेतावनी

काठमाडौं, चैत ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोर टिममा भन्दै श्रीमती निकिता पौडेल लामिछानेको नाम प्रचार भएकोप्रति आपत्ति जनाएका छन् । 

सभापति लामिछानेले बुधवार राति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । उनले आफ्नो श्रीमानको प्रगतिबाहेक केही लिनु दिनु नभएकी एक योग्य र सक्षम महिलामाथि कायरहरु खनिएका भन्दै आक्रोश पोखेका छन् । 

लामिछानेले भनेका छन्, ‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उसमाथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’

उनले निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् । निकाताले बिना कारण बदनामी र तनाव सहनुपरेकोप्रति क्षमा माग्दै लामिछानेले आफुहरुले घेराबन्दी तोड्ने र जित हासिल गरेरै छाड्ने बताएका छन् ।

बुधवार रास्वपाबाट बर्खास्त गरिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाए कोर टिमबारे बाहिर कुरा ल्याउन अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्