उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी
जिल्ला नगर उपाध्यक्षमा विजयी वैघले ४३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ र अरुणराज सुमार्गीले ३७ मत ल्याए । वैद्य रामचन्द्र सङ्घाई पक्षका हुन् ।
काठमाडौं, चैत ३० : नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा विजयी वैघले ४३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ र अरुणराज सुमार्गीले ३७ मत ल्याए । वैद्य रामचन्द्र सङ्घाई पक्षका हुन् ।
त्यस्तै, वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत प्राप्त गरेका छन् । उदका निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घाई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।
महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्था अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्नुहुनेछ ।
महासङ्घको ५७औँ वार्षिक साधारण सभाले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महासङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो ।

-1784896419.png)









