Kathmandu Press

ढाकाकुमारबाट पार्टीबाट निष्काशन, सांसद पद पनि खारेज

मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेकाे अडियाे बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्यबाटै निष्काशन गरेकाे हाे।
ढाकाकुमारबाट पार्टीबाट निष्काशन, सांसद पद पनि खारेज

काठमाडाैं, चैत २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेकाे अडियाे बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्यबाटै निष्काशन गरेकाे हाे।

यससँगै उनको सांसद पद जाने भएको छ ।

श्रेष्ठले प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्