Kathmandu Press

सिरहाकाे प्रादेशिक अस्पतालकाे जेजेरेटरमा आगलागी, एक जनाकाे मृत्यु

सिरहाकाे प्रादेशिक अस्पतालकाे जेजेरेटरमा आगलागी, एक जनाकाे मृत्यु

काठमाडाैं, चैत २९ : सिरहाकाे प्रादेशिक अस्पतालको जेनेरेटरमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागी भएपछि अस्पतालमा रहेका बिरामीकाे भागदाैड मच्चिएकाे थियाे। 

भागदाैडमा परी अस्पतालमा डायलाइसिस गराइरहेका सिरहाको बरियारपट्टी खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको हाे । डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो ।

प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी अशोक सिंहले जेनेरेटर चल्ने क्रममा बुधबार दिउँसो १ बजेर ५० मिनेटको समयमा आगलागी भएको जानकारी दिए । आगलागी भएपछि डायलाइसिस, एचडीयू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न भागेर बाहिर निस्किएका थिए । 

सिरहा नगरपालिकाको बारुण यन्त्र, स्थानीय र नेपाल प्रहरीले आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । आगलागीबाट १३२ केबीको जेनेरटर पूर्णरुपमा जलेर नष्ट भएको छ। 

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्