काठमाडाैंबाट सिमरा उडेकाे बुद्ध एयरकाे जहाज काठमाडाैं नै फर्कियाे

काठमाडाैं, चैत २९ : काठमाडौंबाट सिमराकाे लागि उडेको बुद्ध एयरको जहाज केहीबेरमै काठमाडाैं नै फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौंबाट उडेको थियो। तर समस्या आएको भन्दै १५ मिनेटमै काठमाडाैं फर्किएकाे थियाे।
त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यका अनुसार बत्तीमा समस्या आएपछि फर्किएको थियो। तर अहिले समस्याको समाधान भइसकेको छ।
प्रकाशित मिति: १८:२६ बजे, बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









