Kathmandu Press

राैतहटमा प्रदर्शनकारी र प्रहरीबीचकाे झडपमा गाेली लागेर एक जना घाइते

राैतहटमा प्रदर्शनकारी र प्रहरीबीचकाे झडपमा गाेली लागेर एक जना घाइते

राैतहट, चैत २९ : रौतहटको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीकाे गाेली लागेर एक जना घाइते भएका छन। स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो ।

साथै प्रहरीले चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे छ।

प्रहरीकाे गाेली लागेर गरुडा नगरपालिका ५  लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएका हुन् । यादवकाे कोहिने हातमा गोली लागेकाे छ। 

मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्