गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे
नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताए।
गोरखा, चैत २९ : नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताएका छन्।
नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताए।
'अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा आएको छ', नेता पाण्डेले भने, 'गण्डकी प्रदेशमा मात्र होइन सातवटै प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुनसक्छ।'
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहनुभएका नेता पाण्डेले प्रदेशको निर्वाचनको चुनाव लड्ने क्रममा नै आफूले मुख्यमन्त्रीका लागि गृहकार्य गरेको बताए।
'प्रदेश सरकारको नेतृत्वको सन्र्दभमा सबै कुराको टुंगाे प्रदेशमा पनि लाग्दैन', उनले भने, 'यी विषय शीर्ष नेताका बीचमा छलफल भएर केन्द्रीय तहमै टुङ्गो लाग्ने कुरा पनि हुन्।'
नेकपा ९एमाले०को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री खगराज अधिकारी सरकार बसिरहनु उचित नहुने उनको भनाइ छ।
'हामीले सरकार अल्पमतमा परिसक्यो, अल्पमतको सरकारमा बसिरहनु स्वाभिामान देखिँदैन भन्दा पनि उहाँ सरकारमा बसिरहनुभएको छ', नेता पाण्डेले भने, 'अब बहुमत पाउने सम्भावना नभएकाले उचित निकास लागि दिनका लागि पनि सुझाव दिइसकेका छौं।

-1784896419.png)









