कोरोना संक्रमणबाट एक जनाको मृत्यु, नयाँ संक्रमितकाे संख्या १२१
नयाँ थपिएकोसहित देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
काठमाडौं, चैत २९ : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मंगलबार पनि कोरोनाका कारण तीन मपहिनापछि एक जनाको मृत्यु भएको थियो। गत पुस २३ मा मात्र कोरोना संक्रमणबाट मृत्यु भएयता कसैको मृत्यु भएको थिएन।
सो अवधिमा १२१ जना कोरोना संक्रमित भेटिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नयाँ थपिएकोसहित देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
प्रकाशित मिति: १६:४८ बजे, बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









