Kathmandu Press

सैनिक प्रतिष्ठान खरिपाटीकाे कार्यक्रममा प्रधानमन्त्री (तस्बिरहरू)

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो।
सैनिक प्रतिष्ठान खरिपाटीकाे कार्यक्रममा प्रधानमन्त्री (तस्बिरहरू)

भक्तपुर, चैत २९ : भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज (बुधबार) सि.नं. ६० अधिकृत क्याडेट तालिम र सि.नं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान गरएिको छ। सो अवसरमा कवाज पनि प्रदर्शन गरियो।

सि.नं. ६० अधिकृत क्याडेट तालिममा ८६ र सि.नं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन्। जाम्बियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गरेका छन्।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरूबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन्।

नवआयुक्तहरुलाई निर्देशन दिँदै उनले भने, विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सही आकलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो।’

RG-BHAKTAPUR21681295235.jpg

RG-BHAKTAPUR31681295234.jpg

RG-BHAKTPUR1681295232.jpg

PRO-KTM-6F8A5480 (1)1681295230.jpg

PRO-KTM-066A50941681295229.JPG

PRO-KTM-6F8A50781681295228.JPG

PRO-KTM-066A53121681295226.jpg

PRO-KTM-6F8A54801681295225.jpg

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्