सगरमाथामा तीन शेर्पा आरोही बेपत्ता, खाेजी कार्य जारी
हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेकाे पर्यटन विभागले जनाएकाे छ।
काठमाडौं, चैत २९ : सगरमाथामा तीन जना आरोही आज (बुधबार) बिहान साढे ९ बजेदेखि हराइरहेका छन्।
हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेकाे पर्यटन विभागले जनाएकाे छ। उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएकाे जनाइPकाे छ।
उनीहरुको उद्धारका लागि स्थलमार्गबाट टाेली खटाइनुका साथै सिम्रिक एयरको हेलिकप्टरमार्फत पनि उनीहरुको खोजी कार्य जारी रहेकाे विभागले जनाएकाे छ।
सगरमाथा आरोहण सहज बनाउन बाटो बनाउने कार्य जारी रहेकाे र उनीहरु आरोही कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएकाे बताइएकाे छ।
प्रकाशित मिति: १५:४७ बजे, बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









