Kathmandu Press

भट्टराईलाई जिताउन गगनसँगै प्रदीप पनि सक्रिय 

सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न पौडेल सोमवार तनहुँ पुगेका थिए। उनले भट्टराईको निर्वाचन क्षेत्रमा केन्द्रित भई यतिवेला घरदैलोमा व्यस्त छन्।
भट्टराईलाई जिताउन गगनसँगै प्रदीप पनि सक्रिय 

काठमाडौं, चेत २९ : प्रतिनिधिसभा सदस्य तथा कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ–१ को उप निर्वाचनमा काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन प्रचारमा सक्रिय भएका छन्। 

सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न पौडेल सोमवार तनहुँ पुगेका थिए। उनले भट्टराईको निर्वाचन क्षेत्रमा केन्द्रित भई यतिवेला घरदैलोमा व्यस्त छन्।

तनहुँ पौडेलको गृह जिल्ला पनि हो। पौडेलको सचिवालयले ब्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा चुनावी घरदैलोमा रहेको जनाएको छ।

तनहुँ– १ को निर्वाचन कमाण्ड महामन्त्री गगन कुमार थापाले लिएका छन्। यता चितवनमा काँग्रेस उम्मेदवारलाई जिताउन महामन्त्री विश्व प्रकास शर्माले कमाण्ड समालेका छन्। 

pradip1681293373.jpg

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्