Kathmandu Press

संसदमा उठ्यो किमाथांका नाकाको विषय

सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
संसदमा उठ्यो किमाथांका नाकाको विषय

काठमाडाैं, चैत २९ : नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथांका नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

'किमाथांका नाका बन्द छ। आवतजावत पनि ठप्प छ। नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु', सांसद खड्काले भने।

साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उहाँले संसद्मा उठाए।

'वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ। यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु,' सांसद खड्काले भने।

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्