Kathmandu Press

ठुला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन्।
ठुला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

काठमाडाैं, चैत २९ : निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठुला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन्।

'देशव्यापी रुपमा ठाउँठाउँमा निर्माण हुँदै गरेका ठुला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्। ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्यांकन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ,' उनले भने। 

लतिलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्का कुरा उठाएकी छन्। 'नक्सा पास र वातावरणीय प्रभाव मूल्यांकनबिनै सम्बन्धित स्थानीय तहको स्वीकृतिसमेत नलिइ १८ रोपनी जग्गामा १६ तले अपार्टमेन्ट बनाइरहँदा वरपरका घर चर्किने भासिने भएका छन्।

स्थानीयले पटकपटक उजुरी दिए पनि काम रोकिएको छैन,' डा कार्कीले भने। संसद्को अघिल्लो बैठकमा समेत यो कुरा उठेको भए पनि कारबाहीको लागि वैधानिक प्रक्रिया अघि नबढेको उनको भनाइ छ।

उक्त अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरमा क्षति भएकोमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने पनि उनको माग छ।

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्