एमाले मात्रै समग्र वामपन्थीको मुख्य शक्ति : महासचिव पाेखरेल
बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद विघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसँग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताउनुभएको हो ।
काठमडाैं, चैत २९ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसँग सहकार्य गर्नेहरुले एमालेलाई संविधानविरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन्।
बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद विघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसँग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताउनुभएको हो ।
उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे। उनले मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राखे।
अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणित गरेको अवस्थामा एमाले मात्रै समग्र वामपन्थीको मुख्य शक्ति भएको उनले बताए। पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम हुदै गएको बताए। उनले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाए।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सचिव सुदर्शन मिश्र लगाएत नेताहरुलाई एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका थिए।

-1784896419.png)