Kathmandu Press

एमाले प्रतिनिधिसभा विघटनको पक्षमा छ : माधव नेपाल 

नेता नेपालले कतिपय व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्ने कुरा व्यक्तिगत निर्णयको विषय भएको पनि बताए। ‘पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया हो,’ नेपालले भने। 
एमाले प्रतिनिधिसभा विघटनको पक्षमा छ : माधव नेपाल 

काठमाडौं, चैत २९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावको दाउमा रहेको आरोप लगाएका छन्।

सुनसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा नेकपा एसका नेता नेपालले एमालेमाथि उक्त आरोप लगाएका हुन्। उनले एमालेको सोचलाई पूरा हुन नदिने भनाए पनि राखेका छन्। संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने पनि संचारकर्मीसँग बताए।

एमालेसँगको एकताको सम्भावनाका बारेमा सोधिएको एक प्रश्नमा नेता नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहेको समेत बताए। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको भनाइ उनको थियो।

नेपालले भने, ‘एमाले भित्र अब प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिन्छ, हुन्छ। मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा हामी जान सक्दैनौं। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं।

नेता नेपालले कतिपय व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्ने कुरा व्यक्तिगत निर्णयको विषय भएको पनि बताए। ‘पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया हो,’ नेपालले भने। 
 
प्रकाशित मिति: १३:०४ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्