Kathmandu Press

न्यायाधीश गिरीलाई कपिलवस्तु अदालत लगिँदै 

वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए।
न्यायाधीश गिरीलाई कपिलवस्तु अदालत लगिँदै 

काठमाडौं, चैत २९ : न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताए।

पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छन्।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले जानकारी दिए।

न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए।  
 
 

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्