तनहुँ–१का कांग्रेस उम्मेदवार भट्टराईले भने– मेरो उम्मेदवारी कसैको विरुद्ध होइन
गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको बताए।
तनहुँ, चैत २९ : वैशाख १०मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको बताएका छन्।
कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए।
गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको बताए।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पनि सम्बो्धन गरेका थिए । उनले गाउँ, ठाउँ नबुझेको, हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्न तनहुँबासीलाई आग्रह गरे।
तनहुँ–१मा कांग्रेसका भट्टराईसँगै एमालेका सर्वोन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: ११:२५ बजे, बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









