Kathmandu Press

तनहुँ पुगेर प्रकाशमन सिंहले भने– जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुहोस्

‘भाषण गर्ने तर गाउँ, ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्यांकन गर्नुहुनेछ’
तनहुँ पुगेर प्रकाशमन सिंहले भने– जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुहोस्

तनहुँ, चैत २९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्न तनहुँबासीलाई अग्रह गरेका छन्।

कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता सिंहले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको बताए।

‘भाषण गर्ने तर गाउँ, ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्यांकन गर्नुहुनेछ’, नेता सिंहले भने।

हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो।

नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने पनि बताए। उनले भने, ‘गठबन्धन गरेर हामी चुनावमा गएका छौं, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ।’

 

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्