Kathmandu Press

बैतडीमा जिप दुर्घटना : बझाङका एकैगाउँका छजनाको मृत्यु

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।
बैतडीमा जिप दुर्घटना : बझाङका एकैगाउँका छजनाको मृत्यु

काठमाडौं, चैत्र २९ : जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत  बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । जिप चालक फरार छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: ०७:२५ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्