ढाकाकुमारकाे अडियाेबारे भाेलि निर्णय गर्ने : सभापति लामिछाने

काठमाडाैं, चैत २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले दुई कराेड घुस माग गरेकाे अडियाेबारे भाेलि निर्णय गर्ने बताएका छन।
श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले ७२ घण्टाभित्र श्रेष्ठबारे निर्णय लिने जनाएको थियो ।
केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए ।
अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे । अडियोमा मन्त्री बन्नका लागि रविको कोर टिमका सदस्यबाट रकम मागिएकाले आफूलाई सहयोग गर्न श्रेष्ठले प्रसाईंलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









