Kathmandu Press

१२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने

१२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने

काठमाडाैं, चैत २८ : सरकारले अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने निर्देशिका ल्याएकाे छ। सरकारले फागुन १८ गते निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा कडाइ गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयसमेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। पहिलो पटक ल्याइएको यस्तो निर्देशिका गत चैत १९ गतेदेखि लागु भइसकेको छ।

निर्देशिकाअनुसार विदेशमा उच्च शिक्षा पढ्ने प्रयोजनका मात्रै विद्यार्थीले अनुमति पाउनेछन्।

गत वर्ष करिब एक लाख विद्यार्थीले विदेशमा पढ्न जान भन्दै एनओसी लेटर लिएका थिए। यो निर्देशिकाले विद्यार्थीलाई विदेशी मुद्रा सटहीमा समेत कडाइ गर्ने भएको छ।

विदेश पढ्न जाने विद्यार्थीले भविष्यमा दु:ख नपाऊन् भनेर पनि निर्देशिकाले कडाइ गर्ने व्यवस्था राखेको छ। विद्यार्थी कुनै कन्सल्टेन्सीबाट विदेश जान लागेको हो भने सम्बन्धित कन्सल्टेन्सीले सिफारिसमेत गरिदिनुपर्छ।

यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गर्दथे।

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्