Kathmandu Press

वुल्भ्सलाई लिभरपुलले २–१ ले हरायो 

काठमाडौं, माघ १० : लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको अति नजिक पुगेको छ ।

उसले उपाधि तर्फको आफ्नो यात्रालाई थप बलियो बनाएको छ। लिग....

वुल्भ्सलाई लिभरपुलले २–१ ले हरायो 

काठमाडौं, माघ १० : लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको अति नजिक पुगेको छ ।

उसले उपाधि तर्फको आफ्नो यात्रालाई थप बलियो बनाएको छ। लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलका लागि हेन्डर्सन र रोबर्टो फिरमिनोले गोल गरे ।

वुल्भ्सका लागि जिमेनेजले एक गोल फर्काए । आठौँ मिनेटमा हेन्डर्सनको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । पहिलो हाफमा पछि परेको वुल्भ्सका लागि ५१ औँ मिनेटमा जिमेनेजले बराबरी गोल गरे । तर फिमिनोले ८४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । यो जितपछि जर्गेन क्लोप्पको टिम लिभरपुलले १६ अंकको अग्रता कायम गरेको छ ।

शीर्ष स्थानको उसको २३ खेलबाट ६७ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । यो सिजन लिगका २३ मध्ये २२ खेल जितेर अपराजित रहेको लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्ने तर्फ महत्वपूर्ण पाइला चालेको हो ।

प्रकाशित मिति: ०८:३९ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्