Kathmandu Press

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पुस २३ पछि कोरोना संक्रमणबाट पहिलो पटक मासिनको मृत्यु भएको हो।
कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

काठमाडाैं, चैत २८ : कोरोना संक्रमणका कारण मंगलबार १ जनाको मृत्यु भएको छ। वीर अस्पतालमा उपचार गराइरहेका ७८ वर्षीय पुरुषको मंगलबार बिहानन मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पुस २३ पछि कोरोना संक्रमणबाट पहिलो पटक मासिनको मृत्यु भएको हो।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ। मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्तालयले जनाएको छ।

४ सय ७६ जनाको पिसीआर परीक्षण गर्दा ७४ जनामा संक्रमण देखिएको छ भने १ हजार ९ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको छ। अहिले संक्रिय संक्रमितको संख्या ४६९ छ।

मन्त्रालयले केही कोरोना संक्रमण बढ्ने भन्दै सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्