Kathmandu Press

बलात्कार अरोपमा पक्राउ परे न्यायाधिश गिरी

श्रीमती आरती रावलले गिरीविरुद्ध वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन्। प्रहरीको माग अनुसार न्यायाधीश गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।
बलात्कार अरोपमा पक्राउ परे न्यायाधिश गिरी

काठमाडौं, चैत २८ : कपिलवस्तुका जिल्ला अदालतका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन्। बलात्कार आरोप लागेका गिरीलाई मंगलबार प्रहरीले गोंगबुबाट पक्राउ गरेको हो।

बलात्कार आरोपमा गिरीलाई गत साता जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी प्रहरीले गरेको छ। गिरी अहिले न्याय परिषदमा कार्यरत थिए।

श्रीमती आरती रावलले गिरीविरुद्ध वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन्। प्रहरीको माग अनुसार न्यायाधीश गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।

यस्तै, न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तर, उनी पक्राउ परेकी छैनन्।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्