Kathmandu Press

नेपाली क्रिकेट टिम आज काठमाडौं आउँदै

काठमाडौं, माघ १० : आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका पोखरामा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज काठमाडौं फर्कने भएको छ....

नेपाली क्रिकेट टिम आज काठमाडौं आउँदै

काठमाडौं, माघ १० : आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका पोखरामा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज काठमाडौं फर्कने भएको छ । पहिलो पटक मोफसलामा बन्द प्रशिक्षण गरेको नेपाली टिम एक सातापछि काठमाडौं फर्कन लागेको हो ।

पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्ष सुरु  हुने भनिएपछि खराब मौसमका कारण नेपाली टिम केही दिन काठमाडौंमै इन्डोर अभ्यास गरेर पोखरा पुगेको थियो । पोखरामा बन्द प्रशिक्षणका क्रममा नेपाली टिममले मलेसियन टिमसँग तीन अभ्यास म्याच खलेको थियो ।

सुनसरीमा भएको एमएम कप एकदिवसीए प्रतियोगिता खेल्न आएको मलेसिया टिमविरुद्धका तीनवटै अभ्यास खेल नेपालले जितेको थियो । नेपालले पहिलो खेल १३४ रनले जितेको थियो भने १७० र तेस्रो खेल ५ विकेटले जितेको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिका र ओमानसँग माघ चौथो साता कीर्तिपुर मैदानमा एकदिवसीय सिरिज खेल्ने छ ।

क्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिता दोहोरो राउन्ड रोबिन लिगमा आधारमा हुने छ । नेपालले माघ २२ गते ओमानसँग खेल्दै विश्वकप लिग–२ को सुरुवात गर्ने छ । यसतै, नेपालले २५ गते अमेरिका, २६ गते ओमान र २९ गते पुनः अमेरिकासँग खेल्ने छ ।

प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्