फागुनमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स आएको छ ।
काठमाडौं, चैत २८ : फागुनमा मात्रै १ खर्ब ४ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। गत माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स आएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा रमिट्यान्स २५.३ प्रतिशतले बढेको छ। गत आवको आठ महिनामा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो ।
चालु आवको आठ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो अप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने को सङ्ख्या ५४.३ प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५ सय ५९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो।

-1784896419.png)









