कांग्रेसले फेरि सरकारको नेतृत्व लिन्छ : देउवा
‘आज पार्टी सरकारमा छ, भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो।’
काठमाडौं, चैत २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले फेरि सरकारको नेतृत्व लिने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले फेरि सरकारको नेतृत्व लिने बताएका हुन्।
देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताए । उनले भने, ‘आज पार्टी सरकारमा छ, भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो।’
संविधान अनुसार सरकार बनाउनका लागि पनि कांग्रेसले गठबन्धन बनाएर अघि बढनु परेको स्मरण उनले गराए । देउवाले पार्टीको सोच अनुसार काम गर्नका लागि बहुमत चाहिने बताए।
कांग्रेसलाई बहुमत ल्याउने अवस्थामा पु¥याउन आजैबाट तयारी गर्न पनि देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









