विकासमा निजी क्षेत्रको सहयोग आवश्यक छ : उद्योगमन्त्री रिजाल
उद्योगी व्यवसायीको समस्याबारे सरकार बुझ्ने क्रममा रहेको पनि मन्त्री रिजालले बताए । उनले अहिले देखिएका समस्याबारे सरकार गम्भीर रहेको बताउादै निजी क्षेत्रलाई निरुत्साहित नहुन आग्रह गरे।
काठमाडौं, चैत २८ : अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने धारणा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले राखेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा मन्त्री रिजालले मुलुकलाई समृद्धितर्फ लैजाने ठूलो जमातका रुपमा निजी क्षेत्र रहेकाले सरकारले हातेमालो गरेर अघि बढ्ने बताए।
‘निजी क्षेत्रको सहयोग बिना मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने अहिलेको समयको माग छ। यसका लागि सरकार हरेक कुराको सहयोग गर्न तयार छ।’
उद्योगी व्यवसायीको समस्याबारे सरकार बुझ्ने क्रममा रहेको पनि मन्त्री रिजालले बताए । उनले अहिले देखिएका समस्याबारे सरकार गम्भीर रहेको बताउादै निजी क्षेत्रलाई निरुत्साहित नहुन आग्रह गरे।
उनले भने, ‘मुलुक चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ, आर्थिक अवस्था त्यति राम्रो छैन । आयात निर्यातमा ठूलो अन्तर छ, उद्योगी व्यवसायी निरुत्साहित हुनुहुन्छ। यस्ता धेरै गुनासा हामीले सुन्नु परेको छ ।’
अर्थतन्त्रमा अहिले देखिएको समस्या एकैपटक आएको नभइ कोभिड महामारी, रुस युक्रेन युद्धलगायतका विश्व अर्थतन्त्रमा देखिएको समस्याका कारण सिर्जना भएको रिजालको भनाइ छ।

-1784896419.png)









