Kathmandu Press

संघीय निजामती सेवा विधेयकको मस्यौदाको विरोधमा सरकारी कर्मचारी सडक आन्दोलनमा

विधेयकको मस्यौदाको विरोधमा राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा र खरिदार)ले ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’को नाममा माइतीघर मण्डलाबाट अन्दोलन सुरु गरेका हुन्।
संघीय निजामती सेवा विधेयकको मस्यौदाको विरोधमा सरकारी कर्मचारी सडक आन्दोलनमा

काठमाडौं, चैत २८ : निर्माणको क्रममा रहेको संघीय निजामती सेवा विधेयकको मस्यौदाको विरोधमा सरकारी कर्मचारीहरुले सडक आन्दोलन सुरु गरेका छन्।

विधेयकको मस्यौदाको विरोधमा राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा र खरिदार)ले ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’को नाममा माइतीघर मण्डलाबाट अन्दोलन सुरु गरेका हुन्।

उनीहरुले १५ बुँदे माग राखेर आन्दोलन सुरु गरेका छन्। उनीहरुले कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघीय प्रदेश र स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गुर्नपर्ने माग राखेका छन्।

यस्तै, उनीहरुले तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गरिनुपर्ने, तीनै तहमा कायम हुने गरी तहगत प्रणली लागू गरिनुपर्ने, जहाँ सरकार, त्यहाँ ट्रेड युनियन अधिकार कायम गरिनुपर्ने, कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गरिनुपर्ने, तनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गरिनुपर्ने, अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गरिनुपर्ने लगायतका माग राखेका छन्।

यसअघि उनीहरुले १९ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई नासुको आँसु नदेख्ने भन्दै एसएमएस गरेका थिए।

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्