Kathmandu Press

गृहन्त्रीले भने– नागरिकता विधेयक अगाडि बढ्छ

मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताए।
गृहन्त्रीले भने– नागरिकता विधेयक अगाडि बढ्छ
फाइल तस्बिर ।

रूपन्देही, चैत २८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्।

प्रेस सेन्टर रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताए।

‘मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ’, उनले भने, ‘संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौं।’

उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेकाले त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने बताए।

उनले संक्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने उल्लेख गरे। यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ। यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने उनले बताए ।

त्यसका लागि आफूहरु फेरि संसदमा प्रवेश गरेको र त्यसलाई पूर्णता दिने उलने बताए।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्