Kathmandu Press

‘अर्थतन्त्र सुधारका लागि ध्यान दिइरहेको छु’

प्रधानमन्त्री दहालले आफू प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको बताए।
‘अर्थतन्त्र सुधारका लागि ध्यान दिइरहेको छु’

काठमाडौं, चैत २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारमा आफूले ध्यान दिइरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले अर्थतन्त्रमा देखिएक समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री दहालले आफू प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको बताए।

‘हामी बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ । समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ। अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ,’ उनले भने।

तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउँदै उनले ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग छलफलमा रहेको पनि बताए।

प्रधानमन्त्री दहालले अहिले रेमिट्यान्समा सुधार आएको छ र विदेशी मुद्राको सञ्चिति विस्तारै उत्साहजनक अवस्थामा पुगेको छ बताउँदै अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको दाहालले बताए ।

निजी क्षेत्रले अर्थतन्त्रमा खेल्दै आएको भूमिका प्रति पनि उनले प्रशंसा गर्दै दहालले लगानीको वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।

 

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्