Kathmandu Press

अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएपछि कैलालीमा राजमार्ग अबरुद्ध

चिकित्सकको लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले कारवाहीको माग गर्दै सोमबार पनि राजमार्ग अवरुद्ध गरेका थिए।
अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएपछि कैलालीमा राजमार्ग अबरुद्ध

कैलाली, चैत २८ : अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएपछि स्थानीयले कैलालीको अत्तरियामा राजमार्ग अवरुद्ध गरेका छन्।

अत्तरियामास्थित मालाखेती अस्पतालमा उपचाररथ गोदावरी नगरपालिका–२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको सोमबार मृत्यु भएको थियो ।

स्थानीय र आफन्तले सहमति कार्यान्वयन नभएको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरुले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको बताएका छन्।

स्थानीयको अवरोध पछि पूर्वपश्चिम राजमार्गमा स्थानीय प्रर्दशनमा उत्रिएपछि सवारीसाधन चल्न सकेको छैन ।

चिकित्सकको लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले कारवाहीको माग गर्दै सोमबार पनि राजमार्ग अवरुद्ध गरेका थिए।

प्रकाशित मिति: १३:४० बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्