Kathmandu Press

३ दलका शीर्ष नेताको सहमति, टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाइने

मंगलबार बिहान सभामुख देवराज घिमिरेको पहलमा भएको छलफलमा सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।
३ दलका शीर्ष नेताको सहमति, टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाइने

काठमाडाैं, चैत २८ : सभामुख निवास बालुटारमा भएको ३ दलका शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति भएको छ ।

मंगलबार बिहान सभामुख देवराज घिमिरेको पहलमा भएको छलफलमा सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलगायत तीन दल नेताहरुबीच सहमति भएको हो ।

बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियाका विषयमा फेरि छलफल गर्ने सहपनि भएको उनले जानकारी दिए।

यस्तै, बैठकमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएका छन्।

३ दलका शीर्ष नेताको बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा सभामुखका प्रेस सल्लाहकार अधिकारीले बताए।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्