Kathmandu Press

भरतपुर अस्पतालमा नक्कली पिसिआर रिपोर्ट बनाएको पाइएपछि प्रहरीले थाल्यो अनुसन्धान

अस्पतालले विज्ञप्ति निकालेर लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाइएको जनाएपछि प्रहरीले अनुसन्धान थालेको हो।
भरतपुर अस्पतालमा नक्कली पिसिआर रिपोर्ट बनाएको पाइएपछि प्रहरीले थाल्यो अनुसन्धान

चितवन, चैत २८ : चितवनको भरतपुर अस्पतालमा नक्कली पिसिआर रिपोर्ट बनाएको पाइएपछि प्रहरीले अनुसन्धान थालेको छ।

अस्पतालले विज्ञप्ति निकालेर लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाइएको जनाएपछि प्रहरीले अनुसन्धान थालेको हो।

अस्पताले गत माघ १३ गतेदेखि नै रिएजेन्ट अभावले पिसिआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालमा एन्टिजेन परीक्षण भने भइरहेको छ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पिसिआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको हो।

प्रहरीले अनुसन्धान अगाडि बढाउँदै नक्कली रिपोर्ट बनाउनेहरुको खोजी गरिहेको छ।

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्