सभामुख निवासमा ३ दलका शीर्ष नेताबीच छलफल
टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइसकेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।
काठमाडौं चैत २८ : संसदका ठूला ३ दलका शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेको आह्वानमा भएको बैठक सभामुख निवास बालुवाटारमा सुरु भएको हो।
टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइसकेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।
तीनै पार्टाीका अन्य नेताहरु पनि सहभागी छन्। जसमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र कांग्रेस सांसद ईश्वरी न्यौपाने छन् ।
यस्तै, बैठकमा महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि सहभागी छन्।
गत शनिबार पनि तीन शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो।
प्रकाशित मिति: १०:५५ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)