टि–२० विश्वकपमा नेपाल सिधै ग्लोबल छनोटमा
काठमाडौं, माघ १० : सन् २०२१ मा भारतमा आयोजना हुने टि–२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिक....

काठमाडौं, माघ १० : सन् २०२१ मा भारतमा आयोजना हुने टि–२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले बिहीबार एक विज्ञप्ति निकाल्दै टि–२० विश्वकप छनोटको ढाँचा परिवर्तन गरेसँगै नेपालले सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो । आईसिसी टि–२० वरियतामा माथिल्लो स्थानमा रहेसँगै नेपाले सिधै ग्लोबल छनोटको अवसर पाएको हो ।
नेपालसँगै वरियतामा माथि रहेका तथा अस्ट्रेलियामा यसै वर्ष हुने टि–२० विश्वकपमा छनोट नभएका जिम्बाबे, हङकङ र युएईले पनि ग्लोबल छनोट खेल्ने अवसर पाएका छन् । आईसिसी टि–२० क्रिकेटको ताजा वरियतामा नेपाल १२औं स्थानमा छ । जिम्बाबे ११ औं स्थानमा छ भने युएई १५औं र हङकङ २०औं स्थानमा छन् । नेपाल अस्ट्रेलिया विश्वकपको क्षेत्रीय छनोटमै अड्किएका थियो । हङकङ, जिम्बाबे र युएई ग्लोबल छनोटबाट बाहिरिएका थिए ।
ग्लोबल छनोटको समूह विभाजन कसरी हुन्छ ?
अबदेखि टि–२० विश्वकपको ग्लोबल छनोटमा १६ टिम सहभागी हुने छन् । जसमा नेपाल, जिम्बाबे, हङकङ, युएई तथा अस्ट्रेलिया टि–२० विश्वकपमा पुछारमा हुने ४ टिम र क्षेत्रीय छनोटबाट आउने ८ टिम हुने छन् । ग्लोबल छनोटमा रहेका १६ टिमलाई २ समूहमा विभाजन गरिने छ ।
एउटा समूहमा अस्ट्रेलिया विश्वकपका पुछारका ४ एउटा समूहमा रहने छन् भने अर्को समूहमा नेपाल, जिम्बाबे, युएई र हङकङ हुने छन् । र, क्षेत्रीय छनोटबाट आएका ८ टिमलाई पनि ती दुई समूह विभाजन गरिने छन् । ती दुई समूहका शीर्ष दुई–दुई टिम भारतमा हुने विश्वकपका लागि छनोट हुने छन् ।
सन् २०२१ मा हुने टि–२० विश्वकपलाई च्याम्पियन्स ट्रफीको विकल्पका रुपमा ल्याएको आईसिसीले जनाएको छ ।











