Kathmandu Press

रास्वपाको अनुशासन आयोग बैठक बस्दै, अडियो प्रकरणबारे छलफल हुने

बैठकमा स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ। यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ।
रास्वपाको अनुशासन आयोग बैठक बस्दै, अडियो प्रकरणबारे छलफल हुने

काठमाडाैं, चैत २८ : सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बस्ने भएको छ।

अडियो प्रकणबारे छलफल गर्न बैठक अहिले ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बताइएको छ।

सांसद ढाकाकुमार श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्ने पक्का भएको त्यसका लागि २ करोड पार्टीलाई बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

सो अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारलाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गरेको छ भने स्पष्टीकरण बुझाउृन २४ घण्टे अल्टिमेटम दिएको थियो । ढाकाकुमारले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्।

आजको बैठकमा स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ। यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ।

 

प्रकाशित मिति: १०:२७ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्